आजको मौसम : पहाडी क्षेत्रमा हिउँ पर्ने सम्भावना

राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम सामान्य बदली भइ अधिकांश स्थानमा चिसो र पहाडी भू–भागमा हिउँ पर्ने सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ । साथै, प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका १ वा २ स्थानहरुमा पनि हल्का हिउँ पर्ने सम्भावना रहेको छ ।

यसैगरी, राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भू–भागहरुमा हल्का चिसो बढ्नुका साथै आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।