
आज १५७ कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३३३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६५ हजार ६९८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०२५ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, देशभर हाल १ सय ७४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ४७ जना आइसियु र २७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ४ जना संक्रमित मात्र आइसियुमा छन्। कुनै पनि संक्रमित यहाँ भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशमा ४४ आइसियु र १५ भेन्टिलेटरमा, गण्डकीमा ६७ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३१ आइसियु र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन्। सूदुरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।