
काठमाडौ महानगरपालिका-२६ नयाँ बसपार्क बिजी मल अगाडि सडकमा बा.८७ प ७०९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा लमजुङ दोदी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क डेरा गरी बस्ने पैदलयात्री ५६ वर्षीया सुनमाया गुरुङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ अम्मरसिंह चोकस्थित सडकमा बा.९३ प ३३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिन्धुली घर भई भक्तपुर राधे-राधे बस्ने ३१ वर्षीय निराजन बरालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।



सप्तरीको कन्चनरूप नगरपालिका-८ गुवास टोलस्थित सडकमा स.१ ह ८३८ नम्बरको अटोले ठक्कर दिँदा पैदलयात्री हनुमाननगर कंकालिनी नगरपालिका-१२ बस्ने ३४ वर्षीय ईसराफिल अलीको घट्नास्थलमै मृत्यु भएको छ । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका-१ पन्ध्रखोला मोडस्थित सडकमा भे.१ च २९९० नम्बरको बोलेरो र भे.५ प ६७७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक दैलेख नारायण नगरपालिका-११ बस्ने २९ वर्षीय नविन बिष्टको मृत्यु भएको छ । उनको मेडिकल कलेज कोहोलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार घाइते एक जनाको उपचार भइरहेको छ । दुवै सवारी साधन र बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेतको लेकबेसी नगरपालिका-८ गन्यपानीस्थित सडकमा भे.१ ख १७२० नम्बरको बसले किच्दा सोही ठाउँ बस्ने ५२ वर्षीय मानबहादुर फौजाको मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका-१० वन डिभिजन कार्यालय अगाडि सडकमा म.१ त ५४२ नम्बरको ट्याक्टर र बा.९१ प ४०४ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बस्ने २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढा रहेका छन् ।