सोलुखुम्बुमा भिरबाट लडेर दुई जनाको ज्यान गयाे

सोलुखुम्बुमा भिरबाट लडेर दुई जनाको ज्यान गएको छ ।

सोलुदूधकुण्ड नगरपालिका-२ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका(१ खोर्दाका २६ वर्षीय तेजबहादुर लामिछानेको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बिज्ञापन

लामाको लबुचे भिरबाट लडेर ज्यान गएको हो भने लामिछानेको सोताङ गाउँपालिका(१ मा रहेको हुँगा दूधकोसी सामुदायिक वनको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको बिहीवार छोराको घर जान्छु भनेर हिँडेका लामाको तीन दिनसम्म गन्तव्यमा नपुगेको खबर आफन्तले दिएपछि खोजतलास गर्दा भिरबाट लडेर ज्यान गएको भएको अवस्थामा हिजो शव भेटिएको हो ।

यस्तै लामिछानेको सामुदायिक वनमा घाँस काट्न जाने क्रममा हिजो भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।