
नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार रु ६०० घटेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १३८० रुपैयाँमा मंगलबार कारोबार भएको चाँदी बुधबार घटेर १३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
बिज्ञापन



