झापामा खोला किनारमा दुईजनाको शव फेला

झापामा एक महिलासहित दुई जनाको शव खोला किनारमा फेला परेको छ।

एक जनाको निन्दा खोला र एक जनाको बिरिङ खोला किनारमा शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जनाकारी दिए।

बिज्ञापन

उनका अनुसार मंगलबार बिहान साढे ९ बजे मेचीनगर नगरपालिका-१५ निलकोठी स्थित निन्दा खोलाको बीच भागमा सोही नगरपालिका निवासी ६० वर्षीया सलकी भेसरा (र्मुर्मु) को शव फेला परेको हो।शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको डिएसपी थापाले बताए।

त्यस्तै आइतबार राति झापा गाउँपालिकाको पन्थापाडास्थित बिरिङ खोलाको किनारमा अन्दाजी ३५ वर्षीय युवकको शव फेला परेको डिएसपी थापाले बताए।

मृतक युवकको पहिचान अझै खुलेको छैन। इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवको डिएनए परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।