
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बन्द के का लागि ?’ भन्दै प्रश्न गरेका छन् । प्रचण्ड-माधव समूहले आयोजना गरेको बन्द (आम हड्ताल) को विषयमा उनले प्रश्न गरेका हुन् ।
प्रचण्ड-माधव समूहले भोलि (बिहीबार) आम हड्तालको घोषणा गरेका छन् । सभागृहमा नेपाल भूमिहीन सुकुम्वासी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अोलीले प्रचण्ड-माधव समूहले ‘बन्द कसका लागि गर्न लागेको ?’ भन्दै प्रश्न गरे ।