
दमक/झापामा भएका दुई वटा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भिर घाईते भएका छन ।
शिबसताक्षि ११ झरना पुलस्थित पुर्ब पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको बसको ठक्करबाट शिवसताक्षी ११ का ४०बर्षिय पूर्ण कँडरियाको मृत्यु भएको हो । मे १ ख १९८० नम्बरको बसलाई बिपरित दिशा बाट आउदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा कडरिया र सोही ठाउँका २८ बर्षिय शंकर तामाङ गम्भिर घाईते भएका थिए ।

उपचारको क्रममा गएराती साढे ९ बजे विएण्डसी अस्पताल विर्तामोडमा कँडरियाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बसका चालक झापा मेचीनगर ६ का ५० बर्षिय मान बहादुर रसाईली झिलझिलेको नियन्त्रणमा रहेका जनाइएको छ ।
त्यसैगरी कन्काई ३ चम्पापुर चोकस्थित उतर दक्षिण भित्रि सडक खण्डमा दक्षिणबाट उतर तर्फ आउदै गरेको प्र.१ –०१–०१२प.८६९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक झापा कन्काई ३ का २२ बर्षिय मौसम आचार्य र २० बर्षिय पुजन आचार्य गम्भिर घाईते भएका छन । उनीहरुको विर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ ।



