नेपालमा आज थप १सय ७१ जनामा कोरोना  संक्रमण पुष्टी

नेपालमा आज थप १७१ जना कोरोना संक्रमित थप भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या २ लाख ७१ हजार ६०२ जना पुगेको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित नेपालमा हालसम्म २ लाख ६७ हजार २९२ जना उपचारपछि निको भएका छन् । साथै पछिल्लो २४ घण्टामा थप २ जनासहित मृत्यु हुनेकाे संख्या २ हजार ३३ पुगेकाे छ ।