भारतीय नागरिकको गोली हानी हत्या| omkartimes.com

 

बुुटवल– बुटवलमा  भारतीय नागरिक फिरोज खानको गोली हानी हत्या भएको छ ।
बुुधबार साँझ  बुुटवल उपमहानगरपालिका १ मैनाबगरमा अज्ञात समूूहले गोली चलाउँदा अन्दाजी ४५ वर्षिय खानको मृत्युु भएको प्रहरीले जनाएको छ  ।

खान मैनाबगरमा रहेको अटो भिलेजमा काम गर्थे । बुुटवल वडा नम्बर १ का वडा अध्यक्ष महेन्द्र लिगल मैनाबगरमा गोली चलेको बताए ।  उनको छातीमा गोली लागेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । प्रहरीले घटनापछि गोली प्रहार गर्नेको खोजीकार्य तीब्र पारिएको जनाएको छ ।