
काठमाडौं – एमालेको अवरोधका बीच प्रतिनिधिसभाको बैठकबाट दुई अध्यादेश स्वीकृत भएका छन् ।

एमालेको अवरोधका बीच कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले पेस गरेका ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ स्वीकृत भएका हुन् ।
बिज्ञापन



मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा एमाले सांसदले अवरोध गर्दै नाराबाजी गरेका थिए ।

तर, एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक अगाडि बढाएका थिए ।
संसदको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।