सिन्धुलीमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, १ जनाको मृत्यु ३३ घाइते

सिन्धुली : सिन्धुलीमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छ । जन्ती बोकेको ना ५ त ५३५६ न.को ट्रयाक्टर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ट्रयाक्टरमा सवार ३४ मध्ये २३ जना सामान्य, ७ जना मध्यम र ४ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा घाइते भएका मरिण गाउँपालिका २ का २५ वर्षीय प्रताप लोको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको सिन्धुलीका प्रहरी निरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए ।

बिज्ञापन

मदन भण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिका २ बखफरबाट मरीण गाउँपालिका २ रातमाटेतर्फ जन्ती लिएर आउँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो ।

गम्भीर घाइते ५ जनालाई हेलिकोप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टरमा थप उपचारका लागि पठाइएको मरीण गाउँपालिका २ का अध्यक्ष चन्द्रनाथ गौतमले जानकारी दिए ।

यस्तै, अरू १८ जनालाई पनि एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं रिफर गरिएको छ । अन्यको घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।