ओलीको मुद्दाको सुनुवाइ आज  पनि हुँदै

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको मुद्दाको सुनुवाइ आज (मंगलबार) पनि हुँदै छ । सोमबार ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दामा आज निरन्तर सुनुवाइ हुने भएकाे हाे । ओलीले माधव नेपालसहित १४ सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित सर्वोच्च अदालतमा रित दायर गरेका छन् ।

आजको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्ने छ । उक्त मुद्दामा अन्तरिम आदेश जारी भएमा माधवकुमार नेपालसहित १४ सांसदले प्रतिनिधि सभामा भाग लिन नपाउने पनि हुन सक्छ । त्यस्तै सभामुख अग्निप्रसाद सापकोटामाथि पनि प्रश्न उठ्ने छ भने एकीकृत समाजवादीको वैधानिकतामाथि पनि प्रश्न उठ्ने छ ।

बिज्ञापन

सोमबार निवेदक पक्षका कानुन व्यवसायी, सरकारी वकिल, नेपाल पक्षका कानुन व्यवसायीले बहस गरे पनि निवेदक एमाले अध्यक्ष ओलीको जवाफ बाँकी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।