पथरी जेसीजले महिलालाई र*डी भन्ने मेयरलाई बोलाएर जेसीज सप्ताह गर्ने

मोरङ । पथरी जेसीजले महिलालाई र*डी भन्ने मेयरलाई बोलाएर जेसीज सप्ताह गर्ने  भएको छ । पथरी जेसीजको आयोजनामा जेसीज सप्ताह २०१९ हुनेभएको हो । जेसीजले विहिबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा सार्वजानिक गरेको हो ।

 

 

जेसीजले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई भ्रष्टाचार विरुद्धको अभियान्ताको रुपमा बोलाएर जेसीज सप्ताह २०१९ को सुरुवात गर्ने भएको छ । इटहरी उपमहानगरपालिकालाई भ्रष्टचारमुक्त नगरको रुपमा स्थापित गर्ने भन्दै कर्मचारी, पार्टी नेताहरु र पत्रकारहरुलाई समेत भ्रष्टचार विरुद्धको अभियान लाग्न आग्रह गर्दै आएका छन् ।

 

नगरको सेवाग्रहीबाट अवैध (घुस) रकम लिएका कर्मचारीलाई मेयर चौधरीले कारवाही गरेपछि इटहरीका केही पत्रकारसँग द्वन्द्व बढेसँगै देश ब्यापीचर्चामा रहेका चौधरीलाई पथरी जेसीजले असार १२ गते पथरीशनिश्चरे नगरपालिका मोरङमा भ्रष्टचार विरुद्धको सचेतना कार्यक्रममा निम्तो दिएको हो ।

 

जेसीजले असार १२ गतेदेखि जेसीज सप्ताह कार्यक्रम गर्दैछ । यस्तैगरी असार १३ गते गरिब तथा जेहेन्दार विद्यार्थीलाई टिफिनकारी वितरण, असार १४ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता, असार १५ गते लागू औषध प्रयोगमा न्युनिकरण ट्राफिक सचेतना कार्यक्रम, असार १६ गते ट्राफिक सचेतना कार्यक्रम, असार १७ गते नेतृत्व विकास, असार १८ गते सम्मन तथा समापन समारोह कार्यक्रम गर्ने महासचिव सुमन कुरुम्बाङले जानकारी गराए ।