
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् ।
७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा बिहीबार पूर्वराजाले शुभकामना सन्देश जारी गर्दै शाहले भनेका छन्, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रति दिन जटिलतातर्फ फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन्।’
‘जनताको आस्था, चाहना र जनभावना अन्तत अमिर रहन्छ र यसलाई मेट्न खोजे, बटोरर त्यो मेटिैन बटारिन्न।’ बिज्ञप्तिमा उल्लेख छ । नेपालको अस्तित्व रक्षा जनता र राजाको सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञा गर्दा अहिलेको अवस्था आएको उनको ठहर छ ।