
मोरङको उर्लाबारी नगरपालिका–४ मा ट्रकसँग ठक्क र स्कुटर ठोकिँदा दुई जनाको मृत्यु भएको छ । को ३१ प ५१ नम्बरको स्कुटरलाई प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकले गएराति ठक्कर दिएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा स्कुटर चालक उर्लाबारी नगरपालिका ८ सिसौलीका २३ वर्षी प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेका छन् ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारी साधनसहित ट्रक चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।