डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै बिरामीका आफन्त आन्दोलित, प्रहरीले पाँचजनालाई नियन्त्रणमा लियो

मोरङ । बिराटनगरमा रहेको बिराट नर्सिङ होममा उपचारको क्रममा विरामीको मृत्यु हुँदा विरामीका आफन्तले अस्पताल परिसरमा चर्को नारावाजी गर्दै सडक अवरोध गर्न खोजेका छन् ।

 

बिज्ञापन

मोरङ बिराटचौककी चरीमाया प्रसाई पाठेघरको उपचार गर्नका लागी बिराटनर्सिङहोम आइपुगेकी थिइन । उनको पाठेघरमा नसा खुम्चीएको डाक्टरले बताएपछि उपचार सम्भव भएको भन्दै अप्रेसन गर्न तयार भएकि थिइन ।

 

लामोसमय देखि पाठेघरको समस्या भएका कारण तनाव मा रहेकि प्रसाई बिराट नर्सिङहोममा उपचार सम्भव हुने भएपछि खुशि हुँदै आफै स्कुटर लिएर बिराटनर्सिङहोम आएकी थिइन् ।

 

विराटनगर २ मा रहेको बिराट नर्सिङ होममा बिराटचोककी चरीमाया प्रसाईको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै विहानैदेखि प्रदर्शन गर्दै आएका छन् ।

 

धरान विराटनगर सडक खण्डमा टायर वालेर अवरोध गर्न खोज्ने ५ जनालई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

अस्पतालमा प्रसाईको पाठेघरको नशा खुम्चने समस्याको शल्यक्रिया गरिएको थियो । चरिमायाको डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको टिमले शल्यक्रिया गरेका थिए ।

 

यता अस्पताल प्रशासनले भने उपचारमा कुनै पनि लापरवाही नगरेको दावी गरेको छ । अहिले अस्पताल प्रशासन र विरामीका आफन्त विच आन्तरिक छलफल भईरहेको छ ।