
उत्तर प्रदेशको अमरोहा जिल्लको बावनखेडी गाउँमा १५ अप्रिल २००८ मा भएको सात हत्याकी दोषी शबनम नामकी महिलालाई फाँसी दिइनेछ । सर्वोच्च अदालतपछि राष्ट्रपति भवनबाट पनि उनको दया याचिका खारेज भइसकेको छ । शबनमलाई फाँसी दिनका लागि मेरठका पवन जल्लाद तयार छन् । पवनका अनुसार उनी फाँसी दिन एकदम तयार भएको र आफू मिति र बोलावटको प्रतिक्षामा छन् ।

वास्तवमा शबनमले आफ्ना प्रेमीसँग मिलेर आफ्नै परिवारका सातजना सदस्यको हत्या गरेकी थिइन् । अंग्रेजी र भूगोल विषयमा एमए अध्ययन गरेकी शबनमले आफ्ना आमाबुवा, भाइ बहिनीसमेत सातजनाको निकै क्रुरतापूर्वक हत्या गरेकी थिइन् । शबनमका आमाबुवा प्रेमीसँग उनको विवाह गरिदिन तयार थिएनन् । यत्ति कारण थियो कि शबनम र उनका प्रेमीले यस्तो भयानक घटना निम्त्याउने निर्णय गरे ।
बिज्ञापन



