सडक संजाल नहुँदा हुम्लामा चल्ने गाडी हेलिकप्टरमा ल्याइन्छ, इन्धन खच्चडमा

हुम्ला । नेपालका ७७ जिल्लामा हुम्ला मात्र एक जिल्ला हो जो अहिले सम्म राष्ट्रिय सडक सञ्जाल संग जोडिएको छैन ।

 

बिज्ञापन

सडक सञ्जाल नजोडिँदा हुम्लाका स्थानीय स्तरका सडकमा सञ्चालित यातायातका साधाहरु महङ्गो भाडा तिरेर हेलिकप्टरमार्फत् हुम्लामा भित्र्याइएका हुन् । एउटा गाडी हुम्ला पुर्याउन हेलिकप्टरले १० देखि १२ लाखसम्म ढुवानी भाडा लिने गर्दछन् ।

 

 

हेलीकप्टर चढेर हुम्ला पुगेका गाडीहरुका लागि चाहिने इन्धन भने खच्चडमा चढाएर ल्याउनुपर्ने अबस्था छ । हुम्लामा पहिलोचोटि २०७१ सालमा गाडीलाई हेलीकप्टर चढाएर हुम्ला पुर्याएको खार्पुनाथ यातायात प्रालीसंग अहिले स्थानीयस्तरका सडकमा चलाउने गाडी ४ वटा छन् ।

 

खार्पुनाथ यातायातका ४ र अन्य २ गरी हाल ६ वटा गाडीले जिल्लामा यातायात सेवा दिँदै आएका छन् ।

 

यी गाडीमा हाल्ने इन्धन बाजुरा र मुगुबाट खच्चडमा बाेकाएर ल्याउनुपर्ने बाध्यता रहेको खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले बताए । जसले गर्दा स्थानीयस्तरमै चल्ने गाडीकाे भाडा समेत महंगाे पर्ने गरेकाे छ ।