एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भीम रावल, बोलाए विशेष पत्रकार सम्मेलन

काठमाडौं — नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

मंसिर १० गतेदेखि चितवनमा हुने महाधिवेशनका लागि रावलले उम्मेदवारी घोषणा गर्ने भएका हुन् ।

उम्मेद्वारी घोषणा गर्न रावलले आज आइतबार दिउँसो ३ बजे भृकुटी मण्डपमा विशेष पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

तर, उनले कुन पदका लागि उम्मेदवारी घोषणा गर्न लागेको खुलाएका छैनन् ।

उनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्न लागेको उनीनिकट स्रोतले जनाएको छ ।

यसअघि उनले अध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक रुपमै बताइसकेका छन् ।