बादल घिमिरेको बैगुनी ३ ‘पानी सलल’ बोलको म्युजिक सार्वजनिक

बादल घिमिरेको बैगुनी ३ ‘पानी सलल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।उनी पछिल्लो समय बैगुनी गीतबाट चर्चामा आए पनि लामो समयदेखि नेपाली संगीतमा संघर्ष गरेका गीतकार/संगीतकार हुन्।बादल घिमिरेको शब्द/संगीत रहेको गीतमा मेलिना राई र मन्दिप पोख्रेलको आवाज रहेको छ।

म्युजिक भिडियोमा पल शाह र समृद्घि पौडेलले मुख्य भुमिका निर्वाह गरेका छन्। कृष्ण बिकले संगीत संयोजन गरेको गीतको मिक्सिङ/मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन्।

बिज्ञापन

प्रिज्म स्टुडियोमा रेकर्डिङ गरेको गीत बादल घिमिरेले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन्।