
काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘कबड्डी’को चौंथो श्रृंखला आगामी असोज १५ गते (अक्टोबर १)मा प्रदर्शन हुने भएको छ ।

चौंथो सिक्वेलको नाम चाहिँ ‘कबड्डी : द फाइनल म्याच’ राखिएको छ । फिल्म निर्माण कम्पनीले सबै श्रृंखलाका दृश्य समेटिएका टीजर ट्रेलर लन्च गर्दै रिलिज डेट घोषणा गरेको हो ।
बिज्ञापन



घोषित मितिको १० दिनेपछि दशैंको फूलपाति सुरु हुन्छ । आगामी दशैंलाई लक्षित गरि घोषणा गरिएको यो ठूलो ब्यानरको नेपाली फिल्म हो । प्रशान्त तामाङ स्टारर ‘परदेशी’को दोस्रो सिक्वेलले दशैं डेट राखेपनि त्यसको औपचारिक पुष्टि छैन ।

रामबाबु गुरुङले निर्देशन गर्ने कबड्डीमा दयाहाङ राई, बुद्धि तामाङ र विजय बराल मात्र तय छन् ।कोरोनाभाइरस महामारीले थलिएको नेपाली फिल्म उद्योगलाई पुनर्उत्थान गर्न कबड्डी चारले भूमिका खेल्ने आशा निर्माताले गरेका छन् ।