
काठमाडौं । २०७७ सालको माध्यामिक शिक्षा एसईई परीक्षा आगामी जेठ १३ देखि २४ गते सम्म हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डको आज बसेको बोर्ड बैठकले २०७८ जेठ १३ देखि २४ सम्म परिक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंग बहादुर अर्यालले बताउनुभयो ।
कोरोना भाइरसका कारण २ महिना ढिलो हुने भएको एसईइ परीक्षा यसअघि चैतको पहिलो सातादेखि नै शुरु हुने गरेको थियो ।
कोराना भाइरसको कारण नयाँ शैक्षिक सत्र गत पुसदेखि मात्रै भौतिक उपस्थितीमा कक्षा शुरु भएको थियो ।