३६ अर्ब रुपैयाँ बराबरको युरेनियमसहित काठमाडौंबाट ४ जना पक्राउ

काठमाडौं । काठमाडौंबाट ३६ अर्ब रुपैयाँ बराबरको युरेनियमसहित ४ जना पक्राउ परेका छन् ।
प्रहरीले २ किलो युरेनियमसहित ४ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील सिंह राठौरले जानकारी दिए ।

युरेनियमको गैरकानुनी कारोबार भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालयको विशेष टोलीले टुसाल–२ बौद्धबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी ५ का ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोरका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी गाउँपालिका ४ का २० वर्षीय मनोज न्यौपाने रहेका छन् । अमेरिकाको ऊर्जा मन्त्रालयका अनुसार १ किलो शुद्ध युरेनियमको मूल्य करिब १८ अर्ब रुपैयाँ पर्छ ।