मौसम अपडेट: अझै तीन दिनसम्म भारी बर्षा हुने

जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश स्थानमा अझै तीन दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ।

आगामी तीन दिनसम्म देशभर सामान्यदेखि पूर्ण बदली रहने र सातै प्रदेशका धेरैजस्तो स्थानहरूमा मेघगर्जन र चट्याङसहित पानी पर्ने विभागले जनाएको छ। सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

बिज्ञापन

सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ ।​