
झापाको कमल गाउँपालिकामा टिपरको ठक्करबाट मोटरसाइकल चालको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नम्बर -४ डाँडागाउँका २० वर्षीय सरोज कार्की रहेका छन । निर्माण सामग्री लिएर हुलाकी राजमार्ग तर्फ जाँदै गरेको ना १ क ६१६५ नम्बरको टिपरले मे १ प ३७४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट घाईते भएका मोटरसाईकल चालकलाई पुनः टिपर अगाडी बढाएर मारेको भन्दै स्थानीयले प्रर्दशन गर्दा झापाको कमल—१ बालुबाडी दिनभर तनाबग्रस्त बन्यो।
टिपर चालकलाई ज्यान मुद्दा अनुसार कारबाही हुनुपर्ने स्थानीय तथा आफन्तले माग गर्दै परिवारले अहिले सम्म शव उठाएका छैनन् ।प्रर्दशनलाई नियन्त्रणमा लिने क्रममा स्थानीय र सुरक्षाकर्मीबिच झडप समेत भएको थियो । स्थानीयको आक्रमणबाट केहि सुरक्षाकर्मीलाइ चोट लागेको छ ।