
नुवाकोट ककनी गाउँपालिका-७ स्थित त्रिशूली ‘थ्री ए ‘जलविद्युत आयोजनाको तारमा झुण्डिएका व्यक्तिको ११ घण्टापछि उद्धार गरिएको छ ।

प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीले जति प्रयास गर्दा पनि नसकेपछि नेपाली सेनाको हेलिकोप्टरको प्रयोग गरी बेलकोटगढी नगरपालिका-१३ का प्रेमबहादुर विकलाई ओराल्ने प्रयास गरिएको थियो । यसका लागि सेनाको हेलिकोप्टर त्यहाँ पुगेको थियो । तर, अन्ततः सेनाका जवानले टावरबाट चढेर प्रेमबहादुरलाई ओरालेका हुन् ।



नुवाकोटकै बेलकोटगढी नगरपालिका-१३, घलेगाउँका विक आज बिहान १० बजे विद्युत पोलहुँदै नाङ्गो तारमा पुगेका थिए । यसबीचमा प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले गरेको आग्रह इन्कार गर्दै उनी तारमै झुण्डिएर बसेका थिए । प्रेमबहादुर तारमा झुण्डिएर बसेकाले १९ घण्टा त्रिशूली थ्रीए जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको थियो । उनी मानसिक रूपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ ।
