इंग्ल्याण्ड क्रिकेट टोलीका सदस्यहरुलाई कोरोना : कप्तानी स्टोक्सले गर्ने

इंग्ल्याण्ड राष्ट्रिय टिमका तीन खेलाडी र चार अफिसियलमा कोरोना पोजेटिभ देखिएको छ। यससॅंगै पुरै टिमलाई आइसोलेसनमा राखिएको छ ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले सात जनामा कोरोना पोजेटिभ आएको पुष्टि गरेको छ ।

बिज्ञापन

पहिलो टिम आइसोलेसनमा बस्ने भएपछि इंग्ल्याण्डले पाकिस्तानविरुद्ध दोस्रो टिमलाई खेलाउने भएको छ । टिमको कप्तानी बेन स्टोकले गर्नेछन र टिमको घोषणा मंगलबार साँझ हुने बताइएको छ ।

सोमबार ब्रिस्टोलमा गरिएको परिक्षणमा तीन खेलाडी र सात अफिसियललाई पोजेटिभ देखिएको छ ।