बिर्तामोडका मेयरले बिमाबाट क्षतिपुर्ति लिएपछि सरकारबाट पनि ३० लाख मागेको खुलासा

काठमाडौं । स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपुर्ति लिएका बिर्तामोडका मेयर ध्रुबकुमार सिवाकोटीले एक वर्षअघि नै दुबैको बिमा रकम लिएको खुलासा भएको छ।

 

२२ असार ०७५ मा एनएलजी इन्स्योरेन्सको बिर्तामोड शाखाबाट घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी ६ लाख ३५ हजार नौ सय ८३ रुपैयाँ लिएका हुन्।

 

‘मेयर साबले १३ कात्तिक ०७४ मा घरको र १४ कात्तिकमा गाडीको बिमा रकमका लागि हाम्रो शाखामा निवेदन हाल्नु भएको थियो। २२ असार ०७५ मा दुबैको क्षतिबापतको रकम भुक्तानी दिइएको छ,’ एनएलजी इन्स्योरेन्सका एक कर्मचारीले भने, ‘घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी जम्मा ६ लाख ५८ हजार नौ सय ८३ रुपैयाँ भुक्तानी दिइएको छ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।