
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनमासँगै आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णयलाई सराहनीय कदम भएको टिप्पणी गरेका छन्।
शनिबार ट्विट गर्दै भट्टराईले कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्ने संकेत गरेको बताएका छन्। ‘अन्ततस् प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ,’ भट्टराईले लेखेका छन्‚ ‘अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभूलौं।’
प्रमुख प्रतिपक्ष कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो।
डा.भट्टराईले प्रत्येक राजनीतिक दलका आ९आफ्ना एजेण्डा भए पनि देश‚ जनता र लोकतन्त्र सबैभन्दा माथि हुने बताउँदै आजको मुख्य प्राथमिकता प्रधानमन्त्री ओलीको बिदाइ भएको दाबी गरेका छन्।
‘आ-आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ,’ उनले ट्विटरमा लेखका छन्, ‘ आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो।´