सरकारी रकमको दुरुप्रयोग: चन्द्रागिरि नगरपालिकाको वडा नं ८ ले महिलालाई सारी बाढ्दै

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा न ८ का वडा कार्यलयले वडामा महिलालाई सारी बाड्न लागेका छन् । वडाध्यक्ष सन्तोष खड्काले सरकारी रकमबाट वडामा सारी बाड्न लागेका हुन् ।

आज दिउँसो २ बजे चन्द्रागिरी नगरपालिकाको वडा नं ८को कार्यालय मातातिर्थमा महिलाहरुलाई साडी बाढ्न लागेका छन् ।

बिज्ञापन

चन्द्रागिरि नगरपालिका वडा नं ८ को कार्यालयमा वडाका महिलाले साडी पाऊ भनी आवेदन दिएकाले साडी बाड्ने कार्यक्रम राखिएको वडा कार्यालयले जनाएकौ छ ।

यस विषयमा बुझन वडाध्यक्षलाई सम्पर्क गर्न खोज्दा उनी सँग सम्पर्क हुन सकेन ।