सुर्खेतमा दिदीबहिनी झुन्डिएको अबस्थामा मृत फेला

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । वडा नम्बर–६ बाबियाचौरमा बस्दै आएका १४ र १५ वर्षीय दुई जना दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत भेटिएका हुन् ।

उनीहरु बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका थिए । त्यहीँ ११ बजे झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएका थिए । दुवै जना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।

बिज्ञापन

शवलाई पोष्टमार्टमको लागि अहिले प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ ।