कोरोना संक्रमित बढ्दै, पछिल्लो २४ घण्टामा ३३९ जनामा संक्रमण पुष्टि

काठमाडौं । बुधबार थप ३३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा चार हजार एक सय जनाको पीसीआर र एन्टिजेन्ट परीक्षण गर्दा ३३९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमका अनुसार पीसीआर परीक्षणमा २९८ र एन्टिजेन विधिबाट ४१ जनामा संक्रमण पुष्टि भएको हो । अहिले देशभर दुई हजार २०१ जना संक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामध्ये काठमाडौंमा सबैभन्दा बढी १३२ जनामा संक्रमण देखिएको छ । ललितपुरमा २६ र भक्तपुरमा ५ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ७४ जना भने डिस्चार्ज भएका छन् । अहिले क्वारेन्टाइनमा ६५ जना रहेको मन्त्रालयले जनाएको छ ।