
काठमाडौं । पत्नी हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीको सियारी गाउँपालिका–३ बाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सियारी गाउँपालिकाको हर्नैया गाउँ बस्ने ६६ वर्षीय गनपत बानियाँ छन् ।
५५ वर्षीया पत्नी कुसुम बानियाँलाई उनले हत्या गरेको आरोप छ । इलाका प्रहरी कार्यालय बेथरी र जिप्रका रुपन्देहीबाट खटिएको टोलीले बिहिबार बिहान उनलाई पक्राउ गरेको हो । हत्याको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।