विश्वभर २९ लाख १४ हजारको मृत्यु , १० करोड ८२ लाख संक्रमणमुक्त

विश्वभर शुक्रबार बिहानसम्ममा १० करोड ८२ लाख ९८ हजार ८७जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १३ करोड ४४ लाख ९९ हजार पाँच सय ५१ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २९ लाख १४ हजार एक सय ९१ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ३२ लाख ८७ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

बिज्ञापन

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड १७ लाख १५ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ४२ लाख ७१ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ७३ हजार आठ सय ४२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड ३० लाख ५७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड १९ लाख १० हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ६७ हजार ६ सय ९४ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ७९ हजार एक सय जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७३ हजार ६ सय आठ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार ३८ जनाले ज्यान गुमाइसकेका छन् ।