वायु प्रदु़षण बारे सांसदमा सार्वजनिक महत्त्वको प्रस्ताव

दमक । नेपालमा वायु प्रदुषण बढेसँगै यसबारे छलफल गर्न आवश्यक रहेको भन्दै नेपाली कांग्रेसका केही सांसदहरुले सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गरेका छन्।


विगत केही दिनदेखि राजधानी लगायतका अन्य विभिन्न शहरहरुमा वायु प्रदुषणले भयावह असर पारेको संसद गगन थापाले बताएका छन्।थापासहित सांसदहरु भिमसेन दास प्रधान,राजेन्द्र कुमार केसी र जीवनराम श्रेष्ठले उक्त प्रस्ताव थापाको समर्थनमा दर्ता गरेका हुन्।


वायुप्रदषण न्युनिकरण र नियन्त्रण गर्नका लागी दिर्घकालिन उपायहरुको खोजी गरिने विषयमा छलफल हुने थापाको विश्वास छ।प्रभावकारी ढंग मार्फ़त प्रदुषण रोक्ने उपायहरु अघि सार्न यो कदम अपरिहार्य रहेको थापाले जानकारी दिएका छन्।


केही समय अघि मात्र काठमाडौँ उपत्यका विश्वकै प्रदुशित शहरमध्ये एक मा परेको थियो।प्रदुषणका कारण मानव जनजिवनमा पनि असर पर्न गएको पाइएको छ।