
पोखरा । पोखरामा लागुऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जबाट पोखरातर्फ आउँदै गरेको बस पृथ्वीराजमार्गको मझुवामा प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले लागुऔषधसहित पोखरा पृथ्वीचोक बस्ने २० वर्षीय रमेश गुरुङ र २६ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट डाइजेपाम ५८ एम्पुल, फेनारगन ५८ एम्पुल, नुर्फिन ५८ एम्पुल गरी १७४ एम्पुल अवैध लागुऔषध बरामद गरेको छ ।