बालुवाटार जग्गा प्रकरण: अख्तियारले अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलायो [नाम सहित]

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि बोलाएको छ।

 

बिज्ञापन

बुधबार अख्तियारले एक सूचना जारी जारी गर्दै बयानका लागि बोलाएको हो।

 

आयोगले उनीहरुलाई ७ दिनभित्र उपस्थित हुन सूचना निकालेको छ । बयानका लागि ‘भूमाफिया’ किटान भएका डा शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीको नाम भने समावेश गरिएको छैन।

 

यसअघि नै अख्तियारले ढकाल र सुवेदीको घरमा पूर्जी टाँस गरेकाे थियाे । अहिले भने शोभाकान्तको छोरी लक्ष्मी ढकालको नाममा सूचना निकालेको हो ।

 

सूचनामा उल्लेखित नाममा कल्याण गुरुङको पनि नाम छ । उनी भाटभटेनीका सञ्चालक मीनबहादुरको छोरा हुन् । रामकुमारको श्रीमती माधवी सुवेदीको नाममा पनि सूचना छ भने शोभाकान्तको पत्नी उमा ढकालको नाममा पनि सूचनामा छ ।