
सुनको भाउ बिहीबार प्रोतितोला ५०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको भाउ प्रतितोला १ हजार ३१५ रुपैयाँ निर्धारण भएको थियो ।