
सुशील कोइराला क्यान्सर अस्पतालमा संक्रमणका कारण नियमित सेवा बन्द गरेको छ ।
अधिकांश डाक्टर, नर्स तथा प्रशासनिक कर्मचारीमा समेत कोरोना पुष्टि भएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको नियमित सेवा एक साताका लागि बन्द गरेको हो। आकस्मिक सेवा बाहेकका अन्य सेवा वैशाख १८ गतेसम्म बन्द गरिने अस्पताल प्रशासनले सूचनामा जनाएको छ ।
अस्पतालमा कार्यरतहरुको पीसीआर परीक्षणका क्रममा पीसीआर गरिएकामध्ये ९० प्रतिशतमा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।