यू–१९ महिला एसिया छनोटः नेपालको विश्वकप सपना समाप्त

काठमाडौं। मलेसियामा जारी आईसीसी यू–१९ महिला टि–२० विश्वकप एसिया छनोटमा नेपाल थाईल्यान्डसँग ४९ रनले पराजित भएको छ।थाईल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा ४० रनमा अलआटउ भयो।

नेपालका कुनैपनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। यस्तैमा नेपालका पाँच खेलाडी रनआउट भए।योहारसँगै नेपालको विश्वकपमा छनोट हुने सपना समाप्त भएको छ।नेपालले विहीबार आफ्नो अन्तिम खेल मलेसियासँग खेल्नेछ।६ देश सहभागी प्रतियोगितामा शीर्षस्थानमा रहने टोलीले पहिलो पटक आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ महिला टि२० विश्वकप खेल्न पाउनेछन्।