थप ३ हजार ३२ जनामा कोरोना पुष्टि, २८ को मृत्यु

काठमाडौं– नेपालमा आइतबार ३ हजार ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३०३२ संक्रमित थपिएका हुन् ।

कुल कोरोना संक्रमितको संख्या ३ लाख १ सय १९ पुगेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि २ लाख ७७ हजार ५ सय ७३ जना डिस्चार्ज भएका छन् ।

बिज्ञापन

देशभर २५ लाख ५ हजार १७ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा ६९ मानिसहरु रहेका छन् भने आइसोलसनमा १९ हजार ३ सय ८२ कोरोना संक्रमितहरु रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट नेपालामा ३ हजार १ सय ६४ जनाको मृत्यु भएको छ ।