
कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाको पहिलो दिन उपत्यकामा अत्यावश्यक बाहेकका सवारीसाधान चलेका छैनन् । चक्रपथसहित राजधानीका भित्री सडकमा पनि सुनसान देखिन्छ । मानिसहरुको आवतजावत न्यून रहेको छ भने अनावश्यक हिँडडुल गर्नेलाई प्रहरीले होल्ड गरेको छ ।

सँधै व्यस्त रहने चक्रपथ बिहीबार बिहानैदेखि सुनसान रहेको छ । बिहीबार बिहान चक्रपथ क्षेत्रमा पुग्दा अत्यावश्यकबाहेकका नियम उलंघन गरेका सवारीलाई प्रहरीले होल्ड गरेको देखिन्थ्यो भने आसपासका पसल तथा बजार बन्द देखिन्थे ।
बिज्ञापन



