पछिल्लो २४ घण्टामा १५२ जना कोरोना संक्रमित , एकजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । ४२ सय १३ नमूनाको पीसीआर परीक्षणमा १५२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सहित संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार थप ६५ जना कोरोनामुक्त भएका छन् । यो सहित निको हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ । ६३ जना क्वारेन्टाइन र १५ सय ७९ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन