
फिदिम । वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाका बस्तीहरु पहिरोको चपेटामा परेका छन् ।

बिज्ञापन



उच्च पहाडी क्षेत्रमा पर्ने सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा मङ्गलबार रातिदेखि पहिरो जान थालेको वडा अध्यक्ष देउकुमार योङहाङले जानकारी दिएका छन् ।

पहिरोले मुक्लाबुका पहलमान राईको घर बगाएको छ भने दर्जनौँ घरमा पहिरोले क्षति पुर्याएको छ । मङ्गलबार रातिदेखि नै स्थानीयवासी सुरक्षित स्थानको खोजीमा निस्किएका छन् ।
चिङ्माका १४ घरपरिवार सुरक्षित स्थानको खोजीमा डुँडे चौर भन्ने स्थानमा पुगेको वडाध्यक्ष योङहाङले जानकारी दिएका छन् ।
पहिरोका कारण यी बस्तीहरुमा सञ्चालित मेजर चिङ्मा रवि खोला लघु जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।