
देशभर निषेधाज्ञा गर्ने जिल्लाको संख्या ४५ पुगेको छ।सोमबार साँझ गृहमन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार थप ९ जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको हो।

मन्त्रालयको विवरण अनुसार कपिलवस्तु , नुवाकोट,धनुषा र बाग्लुंगमा आज बिहान बाटै निषेधाज्ञा लागु भएको छ भने आज राति १२ बजेदेखि दैलेख,डोल्पा,डोटि र नवलपरासीमा निषेधाज्ञा लागु गरिने छ।भोलि बिहान ५ बजेबाट बाजुरामा पनि निषेधाज्ञा घोषणा गरिने छ।
बिज्ञापन



यी बाहेकका अन्य जिल्लाहरुमा पनि थप कडाइका साथ निषेधाज्ञालाई निरन्तरता दिइने छ।
