
भारतमा कोरोनाको दोस्रो लहर नियन्त्रण बाहिर हुँदै गइरहेको देखिएको छ । यहाँ बुधबार रेकर्ड ४ लाख १२ हजार ३७३ संक्रमित भेटिएका छन् । यो एक दिनमा भेटिएको संक्रमितको सबैभन्दा धेरै संख्या हो । नयाँ संक्रमितका साथै मृत्युदरमा पनि वृद्धि हुन थालेपछि मानिसहरु चिन्तामा पर्न थालेका छन् ।

बुधबार १४,२७४ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । यीमध्ये ३,९७९ मृत्यु भारतमा मात्रै भएको छ । अर्थात् संसारभरी महामारीका कारण भएको हरेक चौथो मृत्यु भारतमा भइरहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा यहाँ ३ लाख ३० हजार ५२५ मानिसहरु कोरोनामुक्त भएका छन् ।



भारतमा कोरोना महामारीको आँकडाः

– पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः ४ लाख १२ हजार
– पछिल्लो २४ घण्टामा भएको कूल मृत्युः ३,९७९
– पछिल्लो २४ घण्टामा निको भएकाः ३.३० लाख
– हालसम्म संक्रमित भएकाः २.१० करोड
– हालसम्म निको भएकाः १.७२ करोड
– हालसम्म कूल मृत्युः २.३० लाख
– हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३५.६२ लाख