पूर्वराजा शाह आज दमक आउँदै

दमक । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाको भ्रमणमा निस्किन लाग्नु भएको छ। साझ ४ बजेको फ्लाइटमा पूर्व रानी कोमल शाहसहित झापाको चन्द्रगढी विमानस्थल हुदै दमकमा रहेको हिमालयन रिसोर्टस्थित निवासमा आउन लाग्नुभएको हो ।

केही दिनपछि पूर्व युवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य लिएर झापा आउने उहाँको सचिवालयले जनाएको छ। झापा बसाइको क्रममा शाहले राजावादी संघ संस्थाका प्रतिनिधिसहित विभिन्न दलका नेता कार्यकर्तालाई पनि भेट्ने बताइएको छ । झापा बसाइको क्रममा उहाँले केही धार्मिकस्थलको समेत भ्रमण गर्ने सम्भावना रहेको छ ।

बिज्ञापन