
राजविराज । सप्तरीकी एक बृद्धालाई झुक्याएर लाखौंको जग्गा हडप्न खोज्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




सप्तरीको सुरुङ्गा नगरपालिका–२ की ६३ वर्षिया अघनियादेवी कोइरीको १६ कठ्ठा ८ धुर जग्गा किर्ते गरेर हडप्न खोजेको आरोपमा छिमेकी लक्ष्मण साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अघनियादेवीले बिदेशमा रहेका छोराले पठाउने दुई लाख रुँपैया छिमेकी साहकै आग्रहमा लहान का सत्यानारायण पंजियारलाई ऋण दिएकी थिइन् ।
साहले रकमको सुरक्षाका लागि कागज गराउनुपर्छ भन्दै १६ कट्ठा ८ धुर जग्गा पंजियारलाई बिक्री गरेको कागजात बनाई झुक्याएर अघिनियादेवीसँग औठा छाप लगाएका थिए ।
राजविराजस्थित भूमी सुधार तथा मालपोत कार्यालय पुगेर नामसारी प्रक्रियामा लागेकी अघिनियाँलाई मालपोत कार्यालय पुगेका सोही वडा का शुभकलाल महतोले तपाईले जग्गा बेचेको हो? भनी प्रश्न गर्दा उनी छक्क परिन ।
उनले आफूले कुनै जग्गा नबेचेको तथा पंजियारलाई ऋण दिएको कागजामा मात्र औठा छाप लगाएको बताएपछि किर्ते गरि जग्गा हडप्ने प्रयासको खुलासा भएको हो ।