
काठमाडौ । अभिनेत्री करिश्मा मानन्धर माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३ जीपीए नम्बर सहित उत्तीर्ण भएकी छिन् ।२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षामा उनी पनि सहभागी भएकी थिइन् ।

कक्षा ७ पढ्दापढ्दै पढाइ छाडेर फिल्ममा लागेकी करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्।
बिज्ञापन



उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो।

यस्ताे छ नतिजाः
अंग्रेजी– ३.२ जीपीए ‘बी प्लस’
नेपाली– २.८ जीपीए ‘बी’
गणित– २ जीपीए ‘सी’
विज्ञान– २.८ जीपीए ‘बी’
सामाजिक अध्ययन – २.८ जीपीए ‘बी’
स्वास्थ्य, जनसङ्ख्या र वातावरण शिक्षा– ३.२ ‘बी प्लस’
ऐच्छिक प्रथम (जनसङ्ख्या शिक्षा) – ३.२ जीपीए ‘बी प्लस’
ऐच्छिक द्वितीय (कार्यालय व्यवस्थापन र लेखा) – ४ जीपीए ‘ए प्लस’